न्याय परिषदमा विवाद : सदस्यहरु नयाँ मापदण्डबिना न्यायाधीश नियुक्त गर्न नहुने पक्षमा

काठमाडौं– अवकाशको मुखैमा प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले तीनै तहका अदालतमा न्यायाधीश नियुक्त गर्न अग्रसरता देखाएपछि न्याय परिषदको बैठकमा विवाद उत्पन्न भएको छ । स्रोतका अनुसार न्याय परिषद्का बहुमत सदस्यहरु मापदण्डबेगर न्यायाधीस नियुक्त गर्न नहुने अडानमा छन् । यससँगै प्रधानन्याधीश कार्की एक्लिएको बताइएको छ । अवकाशको मुखैमा आएर प्रधानन्यायाधीश कार्की नियुक्तमा अग्रसर भएपछि परिषदमा विवाद चुलिएको हो […]