बेल्जियम क्वाटरफाइनलमा, साविक विजेता पोर्चुगल युरोकपबाट बाहिरियो

काठमाडौं।साविक विजेता पोर्चुगल युरोकपको प्रिक्वाटरफाइनलबाटै बाहिरिएको छ। गएराति भएको खेलमा पोर्चुगललाई १–० ले हराउँदै बेल्जियमले अन्तिम ८ मा स्थान बनाएको हो।बेल्जियमको जितमा थोर्गन हाजार्डले ४२ औं मिनेटमा निर्णायक गोल गरे। खेलमा पोर्चुगलले केही राम्रा प्रहार गरे पनि बेल्जियमका रक्षक थिबाउट कोर्तुवाले बचाउ गरेका थिए। समूह चरणमा ५ गोल गरेका कप्ताल क्रिस्टियानो रोनाल्डोको जादु बेल्जियमविरुद्ध चलेन। बेल्जियमले अब इटालीसँग खेल्नेछ।

सम्बन्धित सामग्री

बेल्जियम क्वाटरफाइनलमा, पोर्चुगल बाहिरियो

। बेल्जियम १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्पेनमा आइतबार राति भएको प्रि-क्वाटरफाइनलमा साविक विजेता पोर्चुगललाई १-० गोल अन्तरले पराजित गर्दै बेल्जियम अन्तिम आठमा पुगेको हो । सेभियास्थित स्टाडियो ला कुर्ट्जा स्टेडियममा बेल्जियमलाई जित दिलाउन थोर्गन हाजार्डले निर्णायक गोल गरे । यससँगै बेल्जियम क्वाटरफाइनलमा पुग्ने चौंथो टिम बनेको छ । पोर्चुगल भने अन्तिम १६ बाटै बाहिरिएको छ । अब बेल्जियमले क्वाटरफाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ । अष्ट्रियालाई अतिरिक्त समयमा २-१ ले हराउँदै इटालीले अन्ति...