जसपाको विवाद टुंग्याउन निर्वाचन आयोगले आज ‘हेड काउन्ट’ गर्दै

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादको छिनोफानो निर्वाचन आयोगले सोमबार गर्दैछ । निर्वाचन आयोगले विवाद टुंग्याउनका लागि सोमबार सनाखत अर्थात हेड काउण्ट गर्दैछ । सर्वोच्च अदालतले सनाखत रोक्ने आदेश दिन अस्वीकार गरेसँगै सोमबार विवादको छिनोफानो हुने भएको हो । सोमबार केन्द्रीय कार्यकारिणी परिषदका सदस्यको सनाखतमार्फत आधिकारिकता विवाद टुंग्याउन निर्वाचन आयोगले बोलाएको छ […]