इलाम : जुलाई १३ अर्थात् विश्वकप फुटबलको जन्म भएको दिन। सन् १९३० आयोजक टोली उरुग्वेले अर्जेन्टिनालाई फाइनलमा ४–२ ले पराजित गर्दै पहिलो विश्व विजेताको उपाधि हात पार्न सफल रह्यो। पहिलो विश्वकप आयोजना गर्न पाँच राष्ट्रले निवेदन दिएका थिए। इटाली, स्वीडेन, नेदरल्याण्ड्स र स्पेनले प्रथम विश्व कप आयोजना गर्न फिफासँग माग गरेका थिए।उरुग्वेको स्वतन्त्रताको १०० सय वर्षलाई मध्यनजर गर्दै फिफाले उसलाई यो अवसर दिएको थियो। त्यो विश्वकपमा १३ राष्ट्रको सहभागिता थियो। सहभागी टोलीलाई सामेल गर्न फिफालाई च