नीति तथा कार्यक्रमका एक–एक बुँदालाई बजेटमा प्राथमिकताका साथ समावेश गरिनेछ : मुख्यमन्त्री पौडेल

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले आफ्नो अधिकार क्षेत्र भन्दा बाहिर गएर नीति तथा कार्यक्रम र बजेट लगायतका काम गर्न नहुने बताएका छन् । प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै सरकारले आफ्नो कार्यक्षेत्रभित्र रहेको काम गर्नुपर्ने भएकाले सोही अनुसारको प्रदेशका नागरिकहरुलाई केन्द्रमा राखेर प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याएको उनले बताएका हुन् ।संघीय सरकारसँगको सहकार्य र समन्वयमा प्रदेश सरकारले गरेको काम गर्नु पर्ने भएकाले संघीय सरकारको निर्देशनलाई आत्मसाथ गर्दै प्रदेश सरकार सञ्चा