जुन दिन महाकवि देवकोटाको भलाद्मी निबन्ध पढेँ, त्यसै दिनदेखि मलाई पनि बोक्रे नै सही तर भलाद्मी भने बन्न मन लाग्यो।बाटो हिँड्दा होस् वा कुनै सभा-समारोहमा उपस्थित हुँदा होस् आफ्नो पनि अलिकति शान र रवाफ देखियोस् भन्ने रहरले मनको मध्यविन्दूमा नै घर बनायो।घर नै तयार भइसकेपछि त झन् रहरको बचेरो बसाइँ नसरीकन किन मान्थ्यो र? अब आफ्नो रवाफ देखिने किसिमको व्यक्तित्व नबनाई सुखै पाइएन।यसो सोचेँ अनि दु:खसुख गरेर एकजोर चिटिक्कका कपडा किनेर तीन वर्षपछि काँचुली फेर्ने निर्णय गरेँ। अब सुनमा सुगन्ध थपिए कति गजब हुन