नेकपा माओवादी केन्द्रले सरोकारवाला निकायसँग अन्तरक्रिया गरेर घोषणापत्रमा समेट्ने भएको छ । पार्टीको केन्द्रीय घोषणापत्र लेखन समितिको शुक्रवार पेरिसडाँडामा बसेको बैठकले सरोकारवाला निकायसँग छलफल गरेर सुझाव समेट्ने निर्णय गरेको हो । माओवादीले वाम बुद्धिजीवीहरू, नागरिक समाज, बैंक तथा वित्तीय क्षेत्र, निजी क्षेत्र, सहकारी, शिक्षा र स्वास्थ्य, श्रम तथा रोजगार, युवा तथा खेलकुद, विज्ञान–प्रविधि, राष्ट्रिय सुरक्षा, र परराष्ट्र मामिला, ऊर्जा तथा जलस्रोत, पर्यटन तथा संस्कृति, सामाजिक सुरक्ष