जनकपुर नाबालिका बलात्कार प्रकरणका दोषीलाई १२ वर्ष कैद

धनुषाको महेन्द्रनगरकी एक १४ वर्षीया नाबालिकामाथि ३ वर्षअघि भएको बलात्कार मुद्दाका अभियुक्त राजकुमार साहलाई अदालतले १२ वर्ष कैद सजाय सुनाएको छ ।  जिल्ला अदालत धनुषाले पीडित बालिकालाई ५ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्नेसहित अन्तिम फैसला सुनाएको हो ।