काठमाण्डाै – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पछिल्लाे पटक पेट्रोलियम पदार्थमा वृद्धि गरिएको मूल्य घटाउने सङ्केत गर्नुभएको छ । करका दरहरूमा समायोजन गरेर भए पनि पेट्रोलियम पदार्थको मूूल्य समायोजन गर्नुपर्ने विषय संसदमा उठेको र सरकारको ध्यानाकर्षण भएको उल्लेख गर्दै मन्त्री बडूले सरकार त्यहीअनुसार अघि बढ्न सक्ने बताउनुभएको हो । आज बिहीवार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले विद्युतको खपत बढाएर पनि पेट्राेलियम पदार्थकाे मूल्यलाई सहज बनाउन सकिने योजनामा सरकार रहेको बताउनुभयो । उहाँ...