गीत हिट हुँदा चुनौती थपिन्छ: प्रसाई

काठमाडौँ । पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा चर्चामा रहेको गीतमध्ये एक हो ‘पुरानो घाउ’ । गायिका  अन्जु पन्तको स्वर र सन्तोष श्रेष्ठको संगीत रहेको गीत युट्युव ट्रेनिङमा समेत आउन सफल भएको थियो । देवेन्द्र पाण्डेको निर्देशन रहेको गीतको भिडियोमा भने पूजा शर्मा र आकाश श्रेष्ठको अभिनय रहेको छ ।प्रेमका याद भुलाएर जिन्दगी नयाँ तरिकाले अगाडि बढाएर सुखमय बनाउन प्रेरणा दिएको गीतको स्वर, संगीतको अलवा शब्द पनि मन पराइएको छ । गीतमा चन्द्र प्रसाई ‘परिस्कृत’ का शब्द रहेका छन् ।