बैतडी :सुदूरपश्चिमेलीको मुख्य पर्व गौराअन्तर्गत आज ‘ठूली गौरा’ मनाइँदै छ। व्रतालु महिलाले गौरादेवीलाई गौराघरमा भित्र्याउँदै छन्। स्थानीय भाषामा भितरीकी गौरा अथवा ‘ठूली गौरा’ भनिने आजको दिनलाई व्रतालु महिलाले विशेष दिनको रूपमा लिने गरेका छन्।यो वर्ष विवाद भएपछि दुई गौरा भएका छन्। कुनै ठाउँमा भदौ ७ देखि सम्पन्न भइसकेको छ भने कुनै ठाउँमा भदौ १८ गतेदेखि शुरु भएको हो। व्रतालु महिलाले बिहानै नुवाइधुवाइ गरेर साँझको समयमा गौरालाई गौरा घरमा भित्र्याउने चलन छ।आज अमुक्ताभरण सप्