खोलाबाट ढुङ्गा, बालुवा र गिट्टी उत्खनन गर्ने क्रममा गाउँपालिकाकै पदाधिकारी र कर्मचारीबाट मिलेमतो गरी भ्रष्टाचार गरेको भन्दै मृत्यु भइसकेका गाउँपालिका अध्यक्षसहित १४ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार कैलालीको मोहन्याल गाउँपालिकाका पूर्व अध्यक्ष नवलसिंह रावतसहित १४ जना व्यक्ति र एक ठेकेदार कम्पनीविरुद्ध मुद्दा दायर गरेको हो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार दायर गरेको रिटमा मोहन्याल गाउँपालिकाका स्वर्गीय अध्यक्ष नवलसिंह रा