नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संघियताको सम्वद्र्धनका लागि सबै प्रदेशको आ–आफ्नो प्रहरी संगठन हुनुपर्ने बताए ।आइतवार महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको वर्तमान राजनीतिक अभ्यास र संविधान विषयक कार्यक्रममा बोल्दै उपसभापति निधिले संघियताको सम्वद्र्धनका लागि सातवटै प्रदेशको आफ्नो प्रहरी संगठन हुनुपर्ने बताए । संविधानमा नै सबै प्रदेशको आफ्नै प्रहरी हुने व्यवस्था भएपनि हालसम्म […]