बैतडी : दशैँतिहार लक्षित गर्दै बैतडीका विभिन्न स्थानमा सञ्चालनमा आएका यात्रु सहायता कक्षबाट करिब ६ हजार जना लाभान्वित भएका छन्। भारतसँगको सीमा नाका र राजमार्ग गरी जिल्लाका विभिन्न नौ स्थानमा सञ्चालन गरिएका सहायता कक्षबाट ५ हजार ९ सयले सेवा लिएका हुन्।सुरक्षा योजनाअन्तर्गत यात्रु सहायता कक्ष सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको सक्रियतामा स्थापना भ