मोरङ – जिल्ला प्रशासन कार्यालय मोरङले जन्मसिद्धका आधारमा हालसम्म ४ हजार ५ सय नागरिकता जारी गरेको छ। प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलका अनुसार एक महिनाभित्र जन्मसिद्धका आधारमा ४ हजार बढी संख्यामा नागरिकता जारी भएको हो। नागरिकतासम्बन्धी नयाँ ऐनअनुसार जन्मसिद्ध नागरिकका सन्तानले मोरङमा वंशजको नागरिकता असार १२ गतेबाट जारी हुन थालेको हो। […]