लामो समयको प्रतिक्षा र नागरिक समाजको दबाबपछि रोल्पा अस्पतालको नयाँ भवन त निर्माण भयो । तर त्यहाँबाट नागरिकले पाउनुपर्ने सेवा प्रवाहमा भने सुधार आएको छैन । करिब ३० वर्ष अघिका पुरानो भवनबाट अस्पताल सेवा नयाँ र चिटिक्क अत्याधुनिक भवनमा सारिएको छ । तर अस्पतालमा न विशेषज्ञ चिकित्सक छन्, न अत्याधुनिक स्वास्थ्य उपकरण र सेवानै ।