संसदीय समितिका सभापति भन्छन् : बजेट कटौती र प्रतिवेदन लागू नगर्दा समितिहरू निष्क्रिय

विराटनगर : समितिलाई दिइएको बजेट कटौती गर्ने, दिएका निर्देशन र प्रतिवेदन कार्यान्वयन नगर्ने लगायत कारणले विषयगत समितिहरू पछिल्लो समय निष्क्रियजस्तै बन्न पुगेको प्रदेश १ का संसदीय समितिका सभापतिहरूले गुनासो गरेका छन्।संसदीय पत्रकार मञ्च प्रदेश १ ले विराटनगरमा आइतबार आयोजना गरेको छलफल तथा अन्तरक्रियामा उनीहरूले यस्तो गुनासो गरेका हुन्।सार्वजनिक लेखा समितिका सभापति शिवनारायणसिं गनगाईले समितिका धेरै बैठक कोरम नपुगेकै कारण बस्न नसकेको बताए। उनले बोलाउँदा पनि माननीयहरू आउनै नमान्ने,