तारादेवी स्मृति फाउन्डेसनले १५ औं स्मृति दिवसका अवसरमा ३ जना स्रष्टालाई सम्मान गरेको छ ।
शुक्रवार महाराजगञ्जमा आयोजना गरिएको कार्यक्रममा महानगरका मेयर विद्यासुन्दर शाक्यले सम्मान प्रदान गरेका हुन् ।
सम्मानित हुुनेमा गीतकार स्व. भैरवनाथ रिमाल ‘कदम’, संगीतकार स्व. गणेश परियार र गायिका ज्ञानु राणा छन् ।
गीतकार रिमालको गएको पुस २५ गते र संगीतकार परियारको माघ ४ गते निधन भएको हो । उनीहरुको निधन हुनु अघि नै फाउन्डेसनले सम्मान गर्ने निर्णय गरिसकेको थियो ।
स्व. रिमालको सम्मान उनकी छोरी रेखा ढ...
गीतकार भैरवनाथ रिमाल ‘कदम’को ८६ वर्षको उमेरमा शनिबार निधन भयो । लामो समयदेखि अस्वस्थ रिमाललाई स्मरण शक्ति ह्रास हुने अल्जाइमर्सको समस्या थियो । रिमालको निधनको समाचार गायक दीप श्रेष्ठले साथीमार्फत थाहा पाए ।...
काठमाडौं । वरिष्ठ गीतकार भैरवनाथ रिमाल ‘कदम’को निधन भएको छ । पारिवारिक स्रोतले बताएअनुसार शनिबार बिहान उनको निधन भएको हो । १९९३ माघ २० गते ठमेलमा जन्मिएका रिमाल कवि एवं गीतकारका रूपमा चर्चित छन् । कदमले लेखेको ‘जुन फूल मैले चाहेको थिएँ’, ‘उदास मेरो जीवन कथा’ लगायत गीत चर्चित छन् । गायक दीप श्रेष्ठका अनुसार […]