रुस–युक्रेनबीच जारी युद्ध अन्त्यका लागि चीन र भारतले मध्यस्थतामा चासो देखाएका छन् । दुवै देश रुसका सबैभन्दा नजिकका मित्र राष्ट्र हुन् । उदीयमान अर्थतन्त्र भएका दुवै देश विश्व राजनीतिका ‘नयाँ खेलाडीहरू’ पनि मानिन्छन् । एकआपसमा व्यापारबाहेक अन्य सम्बन्धमा चिसोपना भएका उनीहरू रुस–युक्रेन युद्धमा भने मध्यस्थताको भूमिकामा सफल हुन खोजिरहेका छन् ।