राष्ट्रिय अपांग महासंघका अध्यक्षविरुद्ध आन्दोलन घोषणा

काठमाडौँ : राष्ट्रिय अपांग महासंघ नेपालका अध्यक्ष देवीदत्त आचार्यले आफू अनुकूलका व्यक्तिहरूलाई कर्मचारी नियुक्ति गरेको भन्दै संघीय कार्यसमितिका सदस्यले आन्दोलनको चेतावनी दिएका छन्।आइतवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघीय कार्यसमितिका सदस्यहरूले आचार्यले आफू अनुकूलका व्यक्तिलाई कर्मचारी नियुक्ति गरेको र भएका कर्मचारीलाई विभिन्न लाञ्छना लगाई कामबाट निकालेको आरोप लगाउँदै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन्।उनीहरूले सुदूरपश्चिम प्रदेशका बारेमा पछिल्लो निर्णय निःशर्त फिर्ता लिन र वैधानिक र नीति