राप्रपा नेपालले स्थानीय तहमा घरदैलो कार्यक्रम गर्ने

कमल थापा नेतृत्वको राप्रपा नेपालको बुधबारको पदाधिकारी बैठकले आउँदो चैतभित्रमा स्थानीय तहहरुमा घरदैलो कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । प्रवक्ता सुरेश आचार्यले जारी गुर्नभएको प्रेस विज्ञप्तीमा सातै प्रदेश, ७७ जिल्ला र ७५३ गाउँ तथा नगरपालिकामा पार्टीको ईकाई समिति, भातृ संगठनहरुको संगठन विस्तार तथा सुदृढिकरण तीन महिनाभित्र सम्पन्न गर्ने पनि बताइएको छ ।