संसद अवरोधबारे राष्ट्रपतिको चासो अनावश्यक : एमाले

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठक बहिस्कार गरेको छ। संसदमा देखिएको गतिरोध अन्त्यका लागि राष्ट्रपतिले बोलाएको बैठक एमालेले बहिस्कार गरेको हो। एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले राष्ट्रपतिले बोलाएको बैठक औचित्यहीन रहेकाले आफूहरू नगएको स्पष्ट पारे। ‘हामीलाई राष्ट्रपतिज्यूले सदनको गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक बोलाएको खबर आयो। तर, सम्माननीय प्रधानमन्त्रीज्यूले निरन्तर संवाद गरिरहनुभएकाले राष्ट्र