काठमाडौं : नेपाल चेम्बर अफ कमर्सले नेपाल राष्ट्र बैंकको नीतिले मुलुकमा व्यवसायिक वातावरण झन् बिग्रन थालेको आरोप लगाएको छ। बैंक, वित्तीय संस्थाबाट ऋण लिएर उद्यम गर्न चाहने र साना साना ऋणीहरू सबैभन्दा बढी मर्कामा परेको चेम्बरको ठहर छ।राष्ट्र बैंकबाट जारी भएको चालु पूँजी कर्जा सम्बन्धी मार्ग दर्शन २०७८ को मस्यौदाबाट चालु पूँजीलाई कडाइ गर्ने संकेत देखिएको भन्दै यसले व्यापार सहजीकरण तथा लगानीमैत्री वातावरणमा गम्भीर असर गर्ने चेम्बरले जनाएको छ। केन्द्रीय बैंकको अधिकांश नीतिहरु बैंक वित्तीय संस्थालाई म