विराटनगर : खोटाङमा एमाले नेता विशाल भट्टराईलाई पछि पार्दै माओवादीका उम्मेदवार रामकुमार राईले अग्रता कायम राखेका छन्।राईले ३ हजार १ मत पाउँदा भट्टराईले त्योभन्दा ४०९ कम मत पाएका छन्। भट्टराईले २ हजार ५ सय ९२ मत ल्याएका छन्। राई प्रदेश १ का खानेपानी तथा सिँचाई मन्त्री हुन्।