प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति अन्र्तगतको नागरिक उड्ड्यन, युरोपेली मुलुकहरु र इजरायल हेर्ने डेस्कले निषेधाज्ञाको समयमा चार्टर्ड फ्लाइटको भाडा बढी लिनेलाई कारबाही गर्नुपर्ने बताएको छ ।मंगलबार समिति अन्र्तगतको नागरिक उड्ड्यन, युरोपेली मुलुकहरु र इजरायल हेर्ने डेस्कले नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशकसँग छलफल गर्दै निषेधाज्ञाको समयमा चार्टर्ड फ्लाइटमा आवश्यकता भन्दा बढी भाडा लिई नागरिकलाई ठगिएको जनगुनासो […]