साना तथा मझौला उद्यमका लागि कोरिएन एसएमइजस् एण्ड स्टार्टअप्स एजेन्सी–कोस्मीले सहयोग गर्ने भएको छ । शुक्रबार एक भर्चुअल कार्यक्रमकाबीच नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई) र कोरियन कोस्मी बीच साना तथा मझौला उद्यम व्यवसायमा सहकार्य गर्ने उद्देश्यसहित सहमतिपत्रम हस्ताक्षर भएको हो । सहमतिपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र कोरिया एसएमइज एण्ड स्टार्टअप्स एजेन्सीका उपाध्यक्ष मुन ह्वान किमले हस्ताक्षर गरेका छन् । दुई संस्थाबीच विशेषगरी अन्तराष्ट्रिय बजारमा दुवै देशका साना तथा मझौला