भारत-पाकिस्तानबीच भएका पाँच सनसनीपूर्ण म्याच

संयोग नै यस्तो थियो । वान डे क्रिकेट विश्वकपको सेमिफाइनल हुँदै थियो, त्यो पनि भारत र पाकिस्तानका बीच । भारतका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहको निम्तोमा इस्लामाबादबाट पाकिस्तानी प्रधानमन्त्री यूसुफ गिलानी पनि आउँदै थिए, म्याच हेर्न र मनमोहनसित त्यहीँ भेट गर्न ।