कैलालीको टीकापुर नगरपालिकाले सामुदायिक चौपाया व्यवस्थापन गर्नकै लागि बायोग्यास प्लान्ट निर्माण गरेको छ । नगरपालिकाले सामुदायिक पशु चौपायाका कारण किसान निकै आजित भएपछि यसको व्यवस्थापन गर्ने उद्देश्यले प्लान्ट निर्माण गरेको हो ।प्लान्ट निर्माण सम्पन्न भएको महिनौं हुँदा पनि सञ्चालनमा आउन नसक्दा यसको हैरानी किसानले खेपेका छन् । चौपाया व्यवस्थापन गर्न नसक्दा किसानलाई मात्रै नभई सडकमा सवारीसाधन चलाउनेलाई पनि त्यति नै चुनौती बढ्दै गयो । “दिउँसोको भन्दा बढी जोखिम सवारी चलाउन राति छ ।” बसचालक