काठमाडाैँ- काठमाडौँ निर्वाचन क्षेत्र नं ९ मा प्रदेशसभा (१) सदस्यमा नेकपा एमालेका हरिकृष्ण डंगाेल विजयी भएका छन्। निर्वाचन अधिकृत पूजा खत्रीका अनुसार उनी चार हजार चार सय ५२ मतसहित विजयी भएका हुन्। उनले प्रतिस्पर्धी नेपाली कांग्रेसका नानुमैया बाँस्तोलालाई ४३२ मतले पछि पारे। कांग्रेसका बाँस्तोलाले चार हजार २० मत प्राप्त गरेका छन्