विद्यालय बन्ददेखि खोपकार्ड अनिवार्यसम्म

कोभिड १९ व्यवस्थापन समिति (सीसीएमसीसी)को बैठकले कोरोना नियन्त्रणका लागि आइतबार विभिन्न १३ वटा सिफारिस गरेको छ । कोरोना महामारी तीव्र रुपमा फैलिदै गएपछि सीसीएमसीसीले स्वास्थ्य मन्त्रालयलाई छिटो औषधि खरिद गर्न सिफारिस गरेको छ । बैठकले गरेको सिफारिसको पहिलो बुँदामा औषधि खरिदलाई प्राथमिकता दिएको हो ।