निलम्बित प्रधान न्यायाधीश जबरा प्रकरणमा समितिले प्रतिवेदन बुझाउने तयारी,सिंहदरबारमा बैठक जारी

काठमाडौं : निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा  माथिको छानबिन अन्तिम चरणमा पुगेको छ। महाअभियोग सिफारिस समितिले आजै नै सभामुखलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ। समितिले प्रतिवेदन बुझाउन सभामुखसँग समय पनि लिइसकेको समितिका एक सदस्यले जानकारी दिए। शुक्रबार र शनिबार बयानको प्रमाणिकरण गरिएको थियो। अहिले समितिको  बैठक सिंहदरबार बसिरहेको छ।…