सर्वोच्च अदालत परिसरबाट हतियारसहित एकजना पक्राउ

अत्याधुनिक हतियार लिएर सर्वोच्च अदालत प्रवेश गर्न खोज्ने एकजनालाई नेपाल प्रहरीले अदालत परिसरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बुद्धशान्ति गाउँपालिका–३ का दीपक खड्का रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अत्याधुनिक हतियार लिएर अदालत प्रवेश गर्ने क्रममा त्यहाँ सुरक्षार्थ खटिएका प्रहरीले नियन्त्रणमा लिएर हामीलाई …