बार्सिलोना र रियल म्याड्रिडको महिला टिमबीच बुधबार क्याम्प नुमा भएको खेललाई कीर्तिमानी दर्शक संख्याले हेरेका छन् । च्याम्पियन्स लिग क्वाटरफाइनल दोस्रो लेगका लागि भएको यस खेलमा बार्सिलोलना ५–२ ले विजयी रह्यो ।
७ साउन, काठमाडौं । प्रिमियर लिग सुरु हुनुअघि प्रि सिजन टुरमा अमेरिकामा खेलिएको खेलमा म्यानचेष्टर युनाइटेडले आर्सनललाई पराजित गरेको छ । न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको खेलमा ब्रुनो फर्नान्डेज र जाडोन सान्चोले पहिलो हाफमा गरेको गोल मद्दतमा युनाइटेडले आर्सनललाई २-० ले पराजित गरेको हो । उक्त खेल हेर्नका लागि कीर्तिमानी ८२ हजार २६२ दर्शक उपस्थित […]
काठमाडौं । केही समयअघि इङ्ल्यान्डले घरेलु मैदान वेम्बली रंगशालामा पहिलोपटक युरोपियन च्याम्पियनसिपको उपाधि उचालेको थियो । त्यतिबेला वेम्बलीमा कीर्तिमानी ८७ हजारभन्दा धेरै दर्शक उपस्थित भएका थिए । युरोपको युरोपियन च्याम्पियनसिपजस्तै दक्षिण एसियाको साफमा महिला च्याम्पियनसिपमा पनि आज नेपालले बंगलादेशसँग उपाधिका लागि प्रतिस्पर्धा गर्दै छ । दशरथ रंगशालामा ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ...
काठमाडौं । बेथ मिडले गरेको गोलमा इङ्ल्यान्डले बुधबार राति महिला युरोपियन च्याम्पियनसिपमा कीर्तिमान दर्शक अगाडि अष्ट्रियालाई १–० ले हराएको छ । यससँगै इङ्ल्यान्डले प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
इङ्ल्यान्डको ओल्ड ट्राफोर्डमा गएराति ६८ हजार ८७१ दर्शक उपस्थित थिए । यसअघि स्विडेनमा सम्पन्न २०१३ को फाइनलमा ४१ हजार ३०१ दर्शक उपस्थित...
एजेन्सी – क्याटलान क्लब बार्सिलोना र स्पेनिस क्लब रियल म्याड्रिडको महिला टिमबीचको च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेग ‘एल क्लासिको’ लाई कीर्तिमानी दर्शक संख्याले हेरेका छन् । बुधबार राति क्याम्प नोउमा भएको खेललाई ९१ हजार ५ सय ५३ दर्शकले प्रत्यक्ष रंगशालामा हेरेका थिए । यो महिला फुटबल इतिहासमै सबैभन्दा बढी दर्शक हो । यसअघि सन् १९९९ […]
साउन १७, टोकियो (जापान) । पछिल्ला केहि दिनयता जापानको राजधानी टोकियो र देशभर नै कोरोनाभाइरसको संक्रमण बढेर दिनँहु नयाँ उचाईमा उक्लिरहेको छ ।
राजधानीमा टोकियो ओलम्पिक्सको आयोजना भइरहँदा दिनँहुजसो प्रतियोगिता सम्बद्ध संक्रमित पनि थपिरहेका छन् । जुलाईको शुरुमा ओलम्पिक्स र पारालिम्पिक्स आयोजक समितिले दैनिक संक्रमितको संख्या सार्वजनिक गर्न थाले यता कुल संक्रमितको संख्या २५९ पुगेको छ ।
ओलम्पिक्स र राजधानी एवम् देशभरनै बढेको संक्रमण बीच कुनै सम्बन्धन भएको टोकियो ओलम्पिक्स आयोजक समितिका प्रमुख कार्यकारी अधिकृत(सीईओ) तोशिरो मुतोले बताएका छन् ।
समितिले हरेक दिन ३० हजारभन्दा धेरै परीक्षण गरिरहेको, संक्रमण पुष्टि हुने बित्तिकै संक्रमितलाई अलग्गै राख्ने गरेको अनि संक्रमण फैलिनन दिन उपर्युक्त कदमहरु पति चाल्ने गरेको मुतोले पत्रकारहरुलाई सम्बोधन गर्ने क्रममा भनेका थिए । प्रतियोगिताको चहलपहल शुरु भएयता अहिलेसम्म अपेक्षा गरिएकै स्तरमा संक्रमण रहेको दाबी उनले गरेका छन् ।
संक्रमण कीर्तिमानी स्तरमा उक्लिरहेकै समयमा मुतोको पछिल्लो अभिव्यक्ति आएको हो । शनिवार जापानमा लगातार चौथो दिनपनि दैनिक संक्रमणले नयाँ उचाई छोएको थियो ।
उक्त दिन देशभर थपिएका १२ हजार ३४२ संक्रमितमा करीब एक तिहाई टोकियोका थिए । प्रधानमन्त्री योशिहिदे सुगाले पनि ओलम्पिक्स र संक्रमण बढ्नु बीच कुनै सम्बन्धन भएको बताएका छन् । टोकियोका लगभग सबै स्थलमा दर्शक बिना ओलम्पिक्स भइरहेको छ । एजेन्सी