अनिवार्य होम क्वारेन्टाइनमा बस्ने व्यक्तिलाई मात्रै उपत्यका भित्रिन दिइने

सरकारले अनिवार्य होम क्वारेन्टाइनमा बस्ने व्यक्तिलाई मात्रै उपत्यका भित्रिन दिने भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन सेन्टर (सीसीएमसी) को आजको बैठकले होम क्वारेन्टाइन बस्ने प्रतिबद्धतासहित स्थानीय तहबाट सिफारिस लिएर आउनेलाई मात्रै उपत्यका भित्रिन दिने निर्णय गरेको हो ।          स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मापदण्डअनुसार (सीसीएमसी) ले स्थानीय तह, वडा कार्यालय र प्रहरीको सिफारिस लिएर आउनुपर्ने र होम क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईंले जानकारी दिनुभयो । स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसार १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्नेछ । हवाई तथा स्थलमार्गबाट आउने सबैलाई यो नियम लागू हुनेछ ।

सम्बन्धित सामग्री

अनिवार्य होम क्वारेन्टिनमा बस्नेलाई मात्र उपत्यका प्रवेश दिइने

सरकारले अनिवार्य होम क्वारेन्टिनमा बस्ने व्यक्तिलाई मात्रै उपत्यका भित्रिन दिने भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन सेन्टर (सिसिएमसी) को आजको बैठकले होम क्वारेन्टिन बस्ने प्रतिबद्धतासहित स्थानीय तहबाट सिफारिस लिएर आउनेलाई मात्रै उपत्यका भित्रिन दिने निर्णय गरेको हो ।