तनहुँस्थित नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्रले आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्म ६ करोड ६ लाख ३९ हजार बक्यौता रहेको छ ।
कोभिड–१९ बाट सुरक्षित हुन निषेधाज्ञा जारी गरिएसँगै महसुल बुझाउन ग्राहक नआएपछि उक्त रकम बक्यौता हुन पुगेको सो कार्यालयले जनाएको छ ।
विगतका वर्षमा सरदर ३ करोड बक्यौता हुने गरे पनि गत आर्थिक वर्षमा २ गुणा बढीले रकम बक्यौता हुन पुगेको कार्यालयका सूचना अधिकारी विष्णुराज लोहनीले जानकारी दिए ।
उनका अनुसार ९३.८ प्रतिशत रकम संकलन गर्न सकिएको छ भने ६.२ प्रतिशत संकलन गर्न नसकिएको ...