सन्दकपुरमा रेडपाण्डा हेर्न आउने पर्यटक बढे

इलाम : विश्वमै दुर्लभ मानिएको रेडपाण्डाको अवलोकन गर्न आउने पर्यटकको संख्या बढेको छ। संक्षणको कार्यक्रम अघि बढाइएसँगै इलाममा रेडपाण्डा हेर्न आउनेको संख्या बढेको हो। इलामको पर्यटकीयस्थल छिन्टापुमा रेडपाण्डा अवलोकनका लागि पुग्ने पर्यटकको संख्या बढेको सन्दकपुर गाउँपालिका—२ का वडाध्यक्ष सनम राईले बताए। सन्दकपुर गाउँपालिकाको रेडपाण्डा पर्यटन क्षेत्रमा घोषित पर्यटकीय क्षेत्र छिन्टापुमा अहिले रेडपाण्डाको सहजै अध्ययन र अवलोनक गर्न सकिन थालेको छ। घना जंगलको बिचमा रहेको छिन्टापुमा