ग्लोबल आइएमई बैंकका नवनियुक्त डीसीईओ सुरेन्द्रराज रेग्मीद्वारा पदभार ग्रहण

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका नवनियुक्त नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सुरेन्द्रराज रेग्मीले पदभार ग्रहण गरेका छन् ।गत साउन २९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले रेग्मीलाई डीसीईओमा बढुवा गरेको थियो । तीन दशकभन्दा लामो समय बैंकिङ्ग क्षेत्रमा कार्यरत रेग्मी २०६५ बैशाखमा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए ।रेग्मीले अहिले ग्लोबल आइएमई बैंकको कर्जा तर्फ साना तथा मझौला÷खुद्रा कर्जा, अपरेशन तथा सामान्य प्रशासन विभागको सुपरिवेक्षण गर्दै आइरहेका छन्

सम्बन्धित सामग्री

पोखरेल बने ग्लोबल आईएमई बैंकको डीसीइओ, आजैबाट पदभार ग्रहण

काठमाडौं । ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सुमन पोखरेल नियुक्त भएका छन् । आइतबार बसेको सञ्चालक समिति बैठकले यसअघि आईएमई समूहका प्रमुख कार्यकारी अधिकृत रहेका पोखरेललाई बैंकको डीसीइओमा नियुक्त गरेको हो । पोखरेलसँग दुई दशकभन्दा लामो बैंक तथा वित्तीय क्षेत्रमा काम गरेको अनुभव रहेको छ । उनी आईएमई समूहको उपाध्यक्षसमेत हुन् । एभरेष्ट […]

ग्लोबल आइएमई बैंकको सीईओमा रत्नराज बज्राचार्यद्वारा पदभार ग्रहण

१ भदौ, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले सोमबारदेखि आफ्नो पदभार ग्रहण गरेका छन् । सोमबार बिहान बैंकमा आयोजित एक कार्यक्रमबीच बज्राचार्यले ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा …