एपिएफको च्याम्पियन शैली

शुक्रबार प्री-म्याच कनफ्रेन्समा सशस्त्र प्रहरीको एपीएफका कप्तान सुदिप शिखाकारले भनेका थिए, ‘हामी ग्राउन्ड बल खेल्नेछौं।’ नभन्दै सशस्त्रले त्यस्तै खेल्यो। र, शनिबार राति पन्जाब पुलिसलाई १–० को साँघुरो गोल अन्तरले हराउँदै छैठौं संस्करणको विराट गोल्डकप उपाधि हात पार्‍यो।