बैंक तथा वित्तीय संस्थाको ब्याजदर निर्धारणमा राष्ट्र बैंकले फेरि हस्तक्षेप गरेको छ । नयाँ व्यवस्थाअनुसार अब बैंकहरूले अघिल्लो महिनामा सबै संस्थाले प्रकाशन गरेको औसत ब्याजदरको १० प्रतिशतभन्दा बढी बढाउन नपाउने भएका छन् । गत असोजमा राष्ट्र बैंकले सम्बद्ध बैंकले अघिल्लो महिनामा प्रकाशन गरेको ब्याजदरका आधारमा बढीमा १० प्रतिशतसम्म मात्र बढाउन पाउने निर्देशन दिएको थियो । उक्त निर्देशन जारी भएको एक महिनामै राष्ट्र बैंकको नयाँ निर्देशन आएको हो ।