यतीको विमान दुर्घटनाः आठ देशका यात्रु सवार, कुन देशका कती ?

काठमाडौं। आज कास्कीको पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको ‘९ एन–एएनसी’ विमानमा नेपालसहित ८देशका नागरिक रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। काठमाडौंबाट चालक दलका चार सदस्यसहित ७२जना यात्रु बोकेर पोखरा उडेको उक्त जहाज पोखरा रंगशाला नजिक सेती नदीको खोंचमा खसेको थियो। विमानमा नेपाली ५३, भारतीय ५,रुसी ४, दक्षिण कोरियाली २ र फ्रान्स,अर्जेन्टिना,आयरल्याण्ड र अष्ट्रेलियाका एक–एक जना यात्रु रहेका थिए।

सम्बन्धित सामग्री

छुटाउनै नहुने साताका मुख्य ११ खबर

काठमाडौं। राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ गते उम्मेदवारको मनोनयन तयारी भइरहेको छ। राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बन्र्ने, १ सिटका लागि सयजना बढीको नाम सिफारिस भएको छ। पोखरामा भएको यतीको विमान दुर्घटना मानवीय त्रुटिले भएको जाँचबुझ आयोगले निष्कर्ष निकालेको छ। नागढुंगामा निर्माण भइरहेको सुरुङमार्ग ‘ब्रेक थ्रु’ हुन ९८ मिटर मात्रै बाँकी रहेको छ।

यतीको विमान चार्टर्ड गरेर भारतीयको माउन्टेन फ्लाइट

काठमाडौं– यति एयरलाइन्सको दुई वटा विमान चार्टर्ड गरेर भारतीय पर्यटकले ‘माउन्टेन फ्लाइट’ गरेका छन् । एयरलाइन्सकाअनुसार शनिबार ८० भन्दा बढी भारतीय पर्यटकले जहाज नै चार्टर्ड गरेर माउन्टेन फ्लाइट गरेका हुन् । उनीहरू ‘एकप्स सिस्टम इण्डिया’ का संस्थापक तथा पार्टनरहरू हुन् । उनीहरूले यतिका दुई ‘एटिआर ७२’ विमान चार्टर्ड गरेर माउन्टेन फ्लाइटमार्फत् विभिन्न हिमश्रृंखलाको अवलोकन भ्रमण […]

यतीको विमान दुर्घटना जाँचबुझ आयोग : म्याद ४५ दिन थप

काठमाडौं, चैत २ । यती एयरलाइन्सको विमान दुर्घटनाको जाँचबुझ गर्न बनेको आयोगको म्याद ४५ दिन थपिएको छ । आयोगलाई प्रारम्भिक रूपमा दिएको ४५ दिनको समय घर्किएपछि मंगलबारको मन्त्रिपरिषद् बैठकले थप ४५ दिन समय दिने निर्णय गरेको हो । काठमाडौंबाट पोखराका लागि माघ १ गते बिहान १०ः३२ मा उडेको यतीको विमान १०ः५७ मा पोखराको सेती नदी […]

आन्तरिक उडानमा सबैभन्दा बढी मानवीय क्षति

नेपालको हवाई क्षेत्रमा पहिलोपटक एटीआर–७२–५०० विमान दुर्घटना भएको छ । आइतबार पोखरामा पहिलोपटक यती एयरलाइन्सको एटिआर–७२ विमान दुर्घटनामा परेसँगै आन्तरिक उडानमा सबैभन्दा ठूलो मानवीय क्षति पनि भएको छ । करिब ८ महिनाको अन्तरालमा दुई दुर्घटनाबाट ९४ यात्रुले ज्यान गुमाएका छन् । आन्तरिक उडानमा व्यावसायिक यात्रुवाहक विमान सन् २०१६ पछि आइतबार यतीको विमान दुर्घटना भएको छ […]

यतीको विमान दुर्घटनाको खबरले गायिका निरा छन्त्याल आमन्त्रित कार्यक्रम स्थगित

काठमाडौं : काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलायन्सको विमान दुर्घटनामा परेको खबरसँगै पोखरा नदीपुरमा आयोजना गरिएको स्मृति कप स्थगित भएको छ। नेपाल छन्त्याल समाज कास्कीले आज माघ १ गते अन्तर छन्त्याल गाउँपालिका वडास्तरीय पुरुष तथा क्लबस्तरीय महिला भलिबल प्रतियोगता राखेको थियो। चौथो सङ्ग बहादुर तथब्जा स्मृति कप नामक प्रतियोगितामा निराले…

उड्नेवित्तिकै इन्जिनमा खराबी देखिएपछि यतीको विमान पोखरामा आकस्मिक अवतरण

काठमाडौँ – यती एयरलाइन्सको विमान पोखरामा आकस्मिक अवतरण गरिएको छ । पोखराबाट काठमाडौँका लागि उडेको यती एयरलाइन्सको नाइन एन एएनजी कलसाइन विमानको इन्जिनमा खराबी आएपछि पुनः पोखरा फर्काएर आकस्मिक अवतरण गरिएको हो । उडेको केहीबेरमै विमानमा समस्या देखिएपछि आकस्मिक अवतरण गरिएको हो । पोखराबाट ४५ जना यात्रु लिएर शुक्रबार बिहान ८ : ५४ बजे काठमाडौँका […]

यतीको विमान पोखरामा आकस्मिक अवतरण

यती एयरलाइन्सको विमान पोखरामा आकस्मिक अवतरण गरिएको छ । पोखराबाट काठमाडौंका लागि उडेको यती एयरलाइन्सको नाइन एन एएनजी कलसाइन विमानको इन्जिनमा खराबी आएपछि पुनः पोखरा फर्काएर आकस्मिक अवतरण गरिएको हो । उडेको केही बेरमै विमानमा समस्या देखिएपछि आकस्मिक अवतरण गरिएको हो । पोखराबाट ४५ जना यात्रु लिएर शुक्रबार बिहान ८ः ५४ बजे काठमाडौंका लागि उडेको विमानमा उडेलगत्तै खराबी देखिएपछि ग्राउण्ड खाली गराएर सकुशल अवतरण गराइएको हो । उडेको ६ मिनेटमै विमानलाई अवतरण गराइएको थियो ।