काठमाण्डौ – गएको वर्ष १२ सय आठ नेपाली श्रमिकले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका छन् ।
वैदेशिक रोजगार बोर्डले विदेशमा ज्यान गुमाएका श्रमिकका परिवारलाई दिएको आर्थिक सहायताको तथ्याङ्कले गएको आर्थिक वर्ष २०७९/०८० मा रोजगारीका लागि श्रम स्वीकृति लिएर गएका १२ सय ८ नेपालीको ज्यान गएको देखाएको हो । ज्यान गुमाउनेमा ४५ जना महिला र ११ सय ६३ पुरुष रहेका छन् ।
यो तथ्याङ्क बोर्डले रोजगारीको सिलसिलामा श्रम अवधि भित्रै ज्यान गुमाएका श्रमिकको तथ्याङ्क हो । बोर्डले श्रम स्वीकृति लिएर गएका श्रमिकहरूको रोजगारीको सिलसिला...