कर्णाली प्रदेशमा पहिलो पटक चलचित्र कार्यशाला हुने भएको छ । चलचित्र बोर्डको सहयोग र केबी इन्टरटेनमेन्ट एण्ड ग्रुप प्रालिको आयोजनामा यही असार १० देखि १७ गतेसम्म सुर्खेतमा चलचित्र कार्यशाला हुन लागेको हो । प्रालिले मंगलबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर चलचित्र कार्यशाला आयोजनाबारे जानकारी दिएको छ । कर्णालीको भौगोलिक सुन्दरता, सांस्कृतिक विविधता र जनजीवनको कथालाई चलचित्रमा ल्याउनसँगै दक्ष चलचित्रकर्मी उत्पादन गर्ने उद्देश्यले कार्यशाला आयोजना गर्न लागिएको ग्रुपका अध्यक्ष भूपेन्द्रकुमार खड