एमालेले भन्यो, 'यो नौटङ्कीले देश दुनियाँ हाँस्नेछ'

काठमाडौँ । नेकपा एमालेले व्याख्यात्मक घोषणासहितको एमसीसी सम्झौता पारित भएको विषयलाई नौटङ्कीको संज्ञा दिएको छ । आइतबारको संसद् बैठकपछि एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले एमसीसी पारितको विषयलाई नौटङ्कीको संज्ञा दिएको बताएका हुन् । ‘यो नौटङ्कीले देश दुनियाँ हाँस्ने छ । ल्याप्चे ठोक्ने पार्टीको राष्ट्रवाद पनि उदाङ्गो भएको छ । हामी गलत निर्णयमा उभिएका छैनौ’, भट्टराईको भनाइ छ ।