विश्वविद्यालय अनुदान आयोगले नै संस्कृत विश्वविद्यालयमा पढ्ने विद्यार्थीहरूलाई विभेद गरेको भन्दै त्यसलाई तत्काल नसच्चाइए आन्दोलन गर्ने घोषणा विद्याथीहरूले गरेका छन् ।
नेपाल संस्कृत विश्वविद्यालयमा विद्यावारिधि अध्ययरत विद्यार्थीहरूले विश्वविद्यालय अनुदान आयोगले गरेको विभेद सच्च्याउनुपर्ने माग गरेका हुन् ।
आयोगले नै आव्हान गरेको छात्रवृत्ति तथा अनुदानको लागि प्रस्ताव लिएर गएका विद्यार्थीहरूलाई आयोगका कर्मचारीले नेपाल संस्कृत विश्वविद्यालयबाट आधुनिक विषय (स्नातकोत्तर तहमा ५ वर्ष अध्ययन नभएका)लाई आयोगले दिने विद्वतवृत्ति दिन नसक्ने र वि...