सेनाले लगेका रामप्रसाद २० वर्षमा पनि फर्किएनन्, कुशको शव बनाएर परिवारले गर्‍यो अन्त्येष्टि (तस्वीरहरू)

आँगनमा अन्त्येष्टिका लागि चाहिने सबै सामग्री तयार थियो । तर, अन्तिम बिदाइ गर्न लागिएका रामप्रसाद चौधरीकै शव भने थिएन । धार्मिक विधि पूरा गर्न कुशको शव बनाइएको थियो । संगिता र परिवारले त्यसैलाई रामप्रसादको शव मानेर रुँदै बिदाइ गरे । एउटा हृदयविदारक दृश्य त्यहाँ देखिन्थ्यो ।