सर्वोच्चमा विचाराधीन हस्ताक्षरबारे एमाले कार्यदलको ६ नम्बर बुँदा – ‘विधिसम्मत र संस्थागत निर्णय अनुरुप अगाडि बढ्ने’

नेकपा एमालेले पार्टीभित्रको लामो विवाद अन्त्य गर्दै १० बुँदे सहमति गरेको छ । अर्थ मन्त्रालय सिंहदरबार आइतवार बसेको कार्यदलको १३ घण्टा लामो बैठकले १० बुँदे निर्णय गरेको हो । लामो गृहकार्यपछि कार्यदल सहमतिमा पुगेको एमाले उपाध्यक्ष एवं कार्यदलका एकजना संयोजक भीम रावलले जानकारी दिए । कार्यदलका सबै सदस्य उभिएर सचिव प्रदीप ज्ञवालीले १० बुँदे सहमति पत्र बाचन गरेका थिए । कार्यदलले गरेको १० बुँदे सहमतिको छैठौं नम्बरमा सर्वोच्चमा विचाराधीन मुद्दाबारे उल्लेख छ । ‘प्रतिनिधि सभाको विघटन सम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मु...