आन्तरिक विवादका कारण जनता समाजवादी पार्टी नेपाल विभाजन हुने लगभग निश्चित देखिएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईबीच सहमतिमै अलग हुने समझदारी भएको छ ।असार १५ गते सिंहदरबारस्थित जसपाको संसदीय दलको कार्यालयमा अध्यक्षद्वय भट्टराई र यादवबीच छलफल भएको थियो । सो छलफलमा दुवैजना सहमतिमै छुट्टिने कुराकानी भएको बाहिर आएको छ । तर बाबुराम पक्षले छुट्टिने सहमति नभएको प्रतिकृया दिएको छ ।सो छलफलपछि जसपाका दुवै पक्ष (बाबुराम र उपेन्द्र) ले एकै दिन असार २९ र ३० गते छुट्टा