चुनावी एजेन्डा मात्र बन्छन् उत्तरी नाका

स्थानीय तह होस् या प्रतिनिधि र प्रदेशसभा निर्वाचन । प्रत्येक चुनावी घोषणापत्र, भाषण तथा कार्यक्रममा उत्तरी तातोपानी र रसुवागढी नाका दलहरूका मुख्य एजेन्डा बन्दै आएका छन् । तर जब चुनाव सकिन्छ, नेताहरूले यी क्षेत्रमा बिरलै पाइला राख्छन् । आफूहरूले गरेका प्रतिबद्धता पनि भुलिहाल्छन् ।

सम्बन्धित सामग्री

चुनावी चर्चामा नपरेको उत्तरी नाका

आसन्न निर्वाचनका निम्ति राजनीतिक दलका अनेक अठोट–प्रतिबद्धताहरू सार्वजनिक भैरहेका बेला सही धरातलमा रहेका सामाजिक–आर्थिक एजेन्डाहरू कति उठाइएका छन् वा छोपिएकै छन् भनेर केलाउने क्रम सुरु भएको छ । घोषणापत्रहरू परम्परा धान्नका लागि मात्रै आइरहेका छन् भनेर आलोचना भैरहेका बेला पूर्वका पाँचथर, ताप्लेजुङजस्ता सीमावर्ती जिल्लामा जोडिएका स्थानीय तहका गम्भीर सरोकार बाहिर आएका छन्, जुन दलहरूको चुनावी एजेन्डा बन्न सकेका छैनन् । खास गरी ताप्लेजुङ सीमावर्ती टिपताला (तिब्बत, चीन) नाकामा कायम रहिआएको वर्षौंदेखिको नाकाबन्द अवस्थाले त्यस भेगमा उब्जाएको सामाजिक–आर्थिक कठिनाइ निर्वाचनमा पनि त्यसै बिर्सिइएको छ ।