काठमाडौं : कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ। गएराति भएको अन्तिम क्वार्टरफाइनलमा फ्रान्सले इंग्ल्याण्डलाई २–१ ले हराएसँगै क्वार्टरफाइनल समीकरण पूरा भएको हो।यसपालि अन्तिम ४ मा साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, अर्जेन्टिना र मोरक्को पुगेका छन्। जारी विश्वकपको पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसियाले प्रतिस्पर्धा गर्नेछन्।यी दुई टोलीबीचको सेमिफाइनल मंगलबार राति १२ः४५ देखि लुसेल स्टेडियममा सुरु हुनेछ। अर्जेन्टिनाले क्व