वैदेशिक रोजगारीमा जाने श्रमिक अधिकारविहीन

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई कानुनविपरीत भर्ना शुल्क लिने, सम्झौताअनुसार रोजगारी र पारिश्रमिक नदिने तथा व्यक्तिगत कागजात नियन्त्रणमा लिएर बाध्यात्मक रूपमा वैदेशिक रोजगारमा पठाउने परेको पाइएको छ। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले अन्तराष्ट्रिय ट्रेड युनियन महासंघ (आईटीयूसी) संगको साझेदारीमा गरेको एक अध्ययनले खारेजीमा परेको वैदेशिक रोजगारको एजेन्ट प्रणालीमार्फत नै चर्को सेवा शुल्क लिएर सम्झौता विपरीत विदेश पठाउने गरिएको देखाएको छ।वैदेशिक रोजगारमा जान चाहने व्यक्तिहरूलाई इजाजतपत्रवाला संस्था